बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • परराष्ट्रमन्त्री भन्छन्, सरकारले सम्पूर्ण शक्ति लगाएको छ

परराष्ट्रमन्त्री भन्छन्, सरकारले सम्पूर्ण शक्ति लगाएको छ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन्।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताएका छन्।

उनले आइतबार ट्विट गर्दै भनेका छन्, 'विकसित देशलाई समेत कोरोना भाइरस नियन्त्रणमा लिन हम्मेहम्मे परिरहेका बेला महामारीविरुद्ध सरकार सम्पूर्ण शक्तिका साथ लागि परेको छ।' उनले उपचारका लागि चीनबाट सामग्री आइसकेकाले नआत्तिन आग्रह गरेका छन्।

मन्त्री ज्ञवालीले भनेका छन्, 'धरानबाट नमुना परीक्षण सुरु भएको छ। छिटै अन्यन्त्र पनि बिस्तार गरिँदै छ।' उनले कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खटिएका सरकारी अधिकारी र स्वास्थ्यकर्मीलाई साथ र हौसला दिन पनि आग्रह गरेका छन्।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले आइतबार बिहान चीनबाट मेडिकल सामग्री ल्याएकाे छ। चीनको ग्वाङझाओबाट मेडिकल सामग्री लिएर विमान बिहान ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।

प्रकाशित: Mar 29, 2020| 13:10 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।