काठमाडौं- खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज राख्न सरकारले नेपाल आयल निगमलाई निर्देशन दिएको छ।
उद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति सहज तुल्याउन निर्देसन दिएको हो।
चाडबाडको समयमा खरिद विक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य गुणस्तर र तौल लगायतको विषयमा कार्ययोजना बनाई थप सहज बनाउन मन्त्रालयले निर्देश्न दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।
अत्यावश्यक वस्तुको सहज आपूर्ति र मूल्यमा ठगिन नदिनका लागि आवश्यक अनुगमन गर्न समेत मन्त्रालयले आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिइएको रेग्मीले जानकारी दिए।