बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौंका होटलहरु क्वारेन्टाइन बनाउन सरकारलाई दिने

काठमाडौंका होटलहरु क्वारेन्टाइन बनाउन सरकारलाई दिने

होटेल व्यवसायीहरुले आफ्ना होटल कोरोना संक्रमितको लागि क्वारेन्टाइन बनाउन दिने भएका छन्।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

काठमाडौं- होटेल व्यवसायीहरुले आफ्ना होटल कोरोना संक्रमितको लागि क्वारेन्टाइन बनाउन दिने भएका छन्।

साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो।

होटल व्यवसायी महासंघको शनिबार बसेको बैठकले कोरोनाको नियन्त्रणका लागि आफूले लगानी गरेका होटलहरु क्वारेन्टाइन बनाउनका लागि उपलव्ध गराउने निर्णय गरेको हो।

तर ठूला होटलहरुको संगठन होटल संघ नेपाल (हान) ले भने होटलहरु क्वारेन्टाइनका लागि उपलव्ध गराउने कुनै निर्णय गरेको छैन।

महासंघका अध्यक्ष हिराध्वज शाहका अनुसार महासंघले विभिन्न जिल्लाका संघहरुसँग समन्वय गरी देशभरका सम्पूर्ण होटलहरुलाई नै क्वारेन्टाइनमा राख्न दिने निर्णय गरेको हो।

उनका अनुसार काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठाहरु उपलब्ध हुनेछन्।

प्रकाशित: Mar 21, 2020| 12:27 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्