शनिबार, असोज १७, २०८३

सेयर धितो कर्जाको बहसले नेप्सेमा तीव्र उतारचढाव

बुधबार कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको मूल्य घटेको छ भने २० कम्पनीको मूल्य बढेको छ। बुधबार ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- बुधबार पुँजीबजार सूचक नेप्से ६०.०२ अंकले घटेको छ। बुधबार सेयर कारोबार सुरु हुँदा सुरुदेखि नै घट्न थालेको बजार २८७६.५९ अंकमा आइपुगेको हो। 

बुधबार कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको मूल्य घटेको छ भने २० कम्पनीको मूल्य बढेको छ। बुधबार ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

बुधबार सानीमा लाइफ इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एक्सल डेभलपमेन्ट बैंक, रैराङ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र स्वरोजगार लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढी कमाएका छन्। 

यता लाइफ इन्स्योरेन्स कम्पनी, गुडविल फाइनान्स, नबिल समृद्धि फन्ड-१, सिभिल लघुवित्त र गुह्येश्वरी मर्चेन्टका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढी गुमाएका छन्। 

मौद्रिक नीतिमा उल्लेख भएको सेयर धितो कर्जासम्बन्धी व्यवस्था र त्यसका विषयमा भएका विभिन्न किसिमका बहस र हल्लाले यो साता सेयर बजारमा तीव्र उतारचढाव भइरहेको छ। राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा एक जनाले कर्जा ग्राहकले बढीमा तीन वटासम्म बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाले सेयर बजारमा हुने लगानीलाई नकारात्मक असर पार्ने हल्ला चलाइएपछि बजार घट्न थालेको थियो।

यसैबीचमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी उक्त व्यवस्थामा समीक्षा गर्न दबाब दिएका थिए। यसपछि सोमबार बजारमा १६२ अंकको वृद्धि भएको थियो। तर अधिकारीले कर्जासम्बन्धी मौद्रिक नीतिको व्यवस्था तत्काल खारेज गर्न नसकिने बताएपछि मंगलबार र बुधबार सेयर बजार घटेको छ। 

प्रकाशित: Sep 08, 2021| 16:45 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्