बिहीबार, भदौ ४, २०८३

अर्थतन्त्रमा दैनिक दुई अर्ब घाटा !

 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– सरकारले चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित र १० चैतदेखि केही समयका लागि लामो दूरीका सार्वजनिक सवारी साधन बन्द गर्ने बताइसकेका छन्।

आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने सरकारले बताउँदै आएको छ। तर, आंशिक रुपमा गरिएको ‘लकडाउन’ले पनि मुलुकको अर्थतन्त्रमा भने ठूलो असर पर्नेछ।

पूर्ण ठप्पकै स्थितिमा गयो भने मुलुकले कम्तिमा पनि दैनिक दुई अर्ब रुपैयाँ बराबरको नोक्सान व्यहोर्नेछ।

हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ३४ खर्बको छ। जीडीपीमा कृषि क्षेत्रको ३० प्रतिशत सेवा क्षेत्रको ५१.३९ र उद्योगहरुको १३.४५ प्रतिशतको योगदान छ।

प्रधानमन्त्रीको सम्बोधनका आधारमा प्राय क्षेत्र ठप्प हुनेछन्। बजारको माग पनि घट्नेछ। जसले गर्दा मुलुकले दैनिक करिब दुई अर्ब बराबरको नोक्सानी व्यहोर्ने पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन्।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले अहिलेको स्थितिले अर्थतन्त्रमा दीर्घकालीन असर गर्ने बताउँछन्। उनी भन्छन्, “सेवा र उद्योग क्षेत्र ठप्प जस्तै हुँदा अर्थतन्त्र स्वतः असन्तुलन हुन्छ।”

प्रकाशित: Mar 20, 2020| 13:07 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्