बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सातामा १०७ अंकले घट्यो बजार, लगानीकर्ताको १ खर्ब ३७ अर्ब डुब्यो

सातामा १०७ अंकले घट्यो बजार, लगानीकर्ताको १ खर्ब ३७ अर्ब डुब्यो

साताभर नेप्से परिसूचक १०७.८८ अंक घटेर १२६९.३० विन्दुमा अडिएको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से १३७७.१८ विन्दुमा बन्द भएको थियो।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं- साताभर नेप्से परिसूचक १०७.८८ अंक घटेर १२६९.३० विन्दुमा अडिएको छ। गत साताको अन्तिम कारोबार दिन नेप्से १३७७.१८ विन्दुमा बन्द भएको थियो।

बजार घटेसँगै लगानीकर्ताहरुले यो साता १ खर्ब ३७ अर्ब रुपैयाँ पनि गुमाएका छन्। गत साताको अन्तिम कारोबार दिन १७ खर्ब ६१ अर्ब २५ करोड रहेको कूल बजार पूँजीकरण यस साता घटेर १६ खर्ब २३ अर्ब ४६ करोडमा सिमित भएको छ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपाली सेयर बजारमा पनि परेकोले बजार ओरालो लागको विश्लेषकहरु बताउँछन्।

बजार ओरालो लागेपछि केही दिनको लागि बन्द गराउनुपर्ने माग राख्दै लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्डमा पुगेका थिए। तर यस विषयमा बोर्डले कुनै ठोस निर्णय भने लिएको छैन।

नियामक निकाय भएको नाताले लगानीकर्ताहरुलाई सतर्कता अपनाई घरमै बसी अनलाइन मार्फत् कारोबार गर्न अनुरोध गरेको छ।

यस साता बजारमा १८६ कम्पनीको ८ अर्ब २६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गतसाता सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ। सो कम्पनीको साताभर ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

साताभर सबैभन्दा बढी मल्टीपर्पस फाइनान्स, गुराँस लघुवित्त, पोखरा फाइनान्स लगायतका कम्पनीमा लगानीकर्ताहरु आकर्षित भएका थिए भने सबैभन्दा गुमाउनेमा सेन्ट्रल फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी आदि रहेको नेप्सेले जनाएको छ।

प्रकाशित: Mar 20, 2020| 11:31 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्