बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेक अन्य शल्यक्रिया तत्काल नहुने

त्रिवि शिक्षण अस्पतालमा आकस्मिकबाहेक अन्य शल्यक्रिया तत्काल नहुने

राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले तत्कालका लागि आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्ने भएको छ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं– राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले तत्कालका लागि आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्ने भएको छ।

अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै साधारण स्वास्थ्य सेवा र शल्यक्रिया हालका लागि स्थगित गरेको जनाएको छ। सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गरी आकस्मिक शल्यक्रिया र आकस्मिक स्वास्थ्य उपचार मात्र गर्ने जानकारी गराएको छ।

यसअघि नै नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक बाहेकको सेवा लिनका लागि अस्पताल नजान आग्रह गरिसकेको छ।

त्रिविले ज्वरो, रुघाखोकी. स्वासप्रस्वासमा समस्या भएका बिरामीलाई छुट्टै फिवर क्लिनिक स्थापना गरी उपचार गराउने जनाएको छ भने अस्पतालमा भर्ना भएका बिरामीलाई एक जनाभन्दा बढी कुरुवा नराख्न आग्रह गरिएको छ।

प्रकाशित: Mar 20, 2020| 05:19 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।