बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको आशंका गरिएका युवालाई अस्पतालहरुले भर्ना लिएनन्, बिरामीको अवस्था गम्भीर

कोरोनाको आशंका गरिएका युवालाई अस्पतालहरुले भर्ना लिएनन्, बिरामीको अवस्था गम्भीर

नवलपरासीमामन कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालहरुले भर्ना लिन अस्विकार गरेको छ ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

नवलपरासी- नवलपरासीमा कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन अस्विकार गरेको छ ।

चार वटा अस्पतालमा जाँदासमेत कसैले भर्ना नलिएपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवक र उनको परिवार अलपत्र परेको छ ।

परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् । उनीहरु अहिले नवलपरासीमा छन् ।

तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएर अस्पताल गएका युवालाई स्वास्थ्यकर्मीहरुले समेत छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् ।

उनलाई सुरुमा परासीको एक क्लिनिकमा लगिएको थियो । त्यहाबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाइएको थियो । त्यहा उपचार नहुने भन्दै उनलाई प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।

प्रादेशिक अस्पताल बुटवलका चिकित्सकले कोरोनाको लक्षण देखिएको भन्दै उनलाई पुरानो मेडिकल कलेज चितवन पठाएका थिए । त्यहाबाट पुनः काठमाडौं पठाइएको थियो ।

रिफर गरेको गर्रै गरिएका उनी कोरोनाको उपचारका लागि तयार पारिएको टेकु अस्पतालसम्म आइपुगेका थिए । तर, त्यहा पनि बेड नभएको भनेपछि र अवस्था गम्भीर बन्दै गएपछि बिरामीका आफन्तले बिहीबार पुनः परासी ल्याएका छन् ।

उनलाई परासी अस्पतालमा राखिएको छ। अस्पतालहरुको गैरजिम्मेवारीका कारण बिरामीको अनाहकमा ज्यान जाने अवस्था बनेको भन्दै बिरामीका आफन्तहरु आक्रोशित भएका छन् ।

उनलाई अस्पतालहरुमा चिकिस्सकले समेत छुन नमानेको, पर पर भागेको अफन्तहरुले बताएका छन् । विरामीको अवस्था चिन्ताजनक रहेको छ ।

प्रकाशित: Mar 20, 2020| 04:06 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।