बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अब प्रहरीले अनुसन्धानका लागि आरोपित पक्राउ नगर्ने, अपराध हेरेर कैदी छाड्न निर्देशन

अब प्रहरीले अनुसन्धानका लागि आरोपित पक्राउ नगर्ने, अपराध हेरेर कैदी छाड्न निर्देशन

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायाधिवक्ताको कार्यालयले अपधारका आरोपितहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।
 |  शुक्रबार, चैत ७, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ७, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको त्रास बढ्दै गएपछि महान्यायाधिवक्ताको कार्यालयले अपधारका आरोपितहरुलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।

महान्यायधिवक्ता कार्यालयमा बसेको गृह मन्त्रालय, कानुन मन्त्रालय, प्रहरी महानिरीक्षक र सर्वोच्च अदालतका रजिष्टारको बैठकपछि महान्यायधिवक्ता कार्यालयले सामान्य प्रकृतिको अपराधमा पक्राउ नगर्न निर्देशन दिएको हो ।

सामान्य अपराधमा हिरासतमा नराखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला न्यायाधिवक्ताको कार्यालय र प्रहरी कार्यालयलाई निर्देशन दिएको महान्यायधिवक्ता अग्नी खरेलले नेपाल समयलाई जानकारी दिए ।

उनका अनुसार कानुनमा व्यस्था गरिएका कुरालाई अधिकतम प्रयोग गर्ने निर्णय भएको छ ।

जसअन्तर्गत बैठकले अनुसन्धानको प्रक्रिया सकिएपछि पनि कारागार चलान गर्ने प्रक्रिया निरुत्साहित गर्दै धरौटी लिने, हाजिर जमानी या तारेखमा छाड्न दिर्नेशन दिइएको छ। मुद्दा प्रक्रियाका क्रममा पनि अपराधको गम्भीरता र संवेदनशीलता हेर्न उल्लेख गरिएको छ।

यस्तै बैठकले कैदबाट छाड्न मिल्ने प्रकृतिको अपराधमा कोही कारागारमा रहेको छ भने त्यस्ता कैदीसँग रकम लिएर कैद मुक्त गर्न समेत निर्देशन दिएको छ। बालबालिकाको हकमा कैद सजाय स्थगन गर्न सक्ने अवस्था रहेमा स्थगन गर्न समेत निर्देशन दिएको महान्यायधिवक्ता खरेलले जानकारी दिए ।

यस्तै बैठकले जेष्ठ नागरिकको हकमा तत्काल कैद छुट दिन गृहमा लेखेर पठाउने र कैद छुट नियमावली २०७६ मा आवश्यक शंसोधन गरिनेसमेत निर्णय गरेको उनले बताए ।

महान्यायधिवक्ता अग्नि खरेलको अध्यक्षतामा बसेको बैठकमा गृह र कानुन मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्था विभागका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित: Mar 20, 2020| 03:30 शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।