बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मधेश आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्योः उपेन्द्र यादव

मधेश आन्दोलनको उपलब्धि खतरामा पर्न थाल्योः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताएका छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धि खतरामा पर्न थालेको बताएका छन्।

पार्टीको अगुवा कार्यकर्ता भेलालाई आज सिरहामा सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त भएको सङ्घीयता, समावेशीतालगायतका उपलब्धि खतरामा पर्न थालेको गुनासो गरे।

उनले सङ्घीयता कार्यान्वयका लागि अहिलेको संविधानमा संशोधन आवश्यक रहेको उल्लेख गरे। संविधान संशोधनको सर्तसहित आफ्नो पार्टी सरकारमा गए पनि त्यो पूरा नभएपछि सरकार छाडेको दावी उनको थियो । भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र अगुवा नेता कार्यकर्ताको सहभागिता थियो ।

रासस

प्रकाशित: Mar 19, 2020| 16:22 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।