बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आत्महत्या दुरुत्साहनको आरोपमा भक्तपुरमा तीनजना महिला पक्राउ

आत्महत्या दुरुत्साहनको आरोपमा भक्तपुरमा तीनजना महिला पक्राउ

मध्यपुर थिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

मध्यपुर थिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया बिमला राईलाई ओरोपी तीन छिमेकीले कुटपिट गरेको र शारीरिक तथा मानसिक यातना दिएपछि उनले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

अनुसन्धानकै क्रममा मृतकको छोरा अनिश राईले मेरो आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक याताना दिई आत्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिए। प्रहरीले शवलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज, काठमाडौं पठाइएको र पक्राउ परेकाहरुलाई आत्माहत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

रासस

प्रकाशित: Mar 19, 2020| 16:17 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।