बिहीबार, भदौ ४, २०८३

वुहानका कोरोना संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु

सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

सबैभन्दा पहिले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको चीनको वुहान सहरमा सङ्क्रमणका कारण मृत्यु हुने विरामीको दर १.४ प्रतिशत रहेको अनुशन्धानबाट थाहा हुन आएको छ ।

बिहीबार अनुसनधानबारे सार्वजनिक रिपोर्ट अनुसार विश्वभर सङ्क्रमणका दुई लाखभन्दा बढी बिरामीमध्ये एउटै सहरमा सबैभन्दा धेरै चीनको वुहानमा सङ्क्रमित भएका थिए भने त्यसमध्ये १.४ प्रतिशतको मृत्युको कारण भाइरस सङ्क्रमण रहेको छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना दिएको जानकारीमा विश्वव्यापीरूपमा सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भएको बताइएको थियो । यसबारे विज्ञहरूले कोरोना सङ्क्रमणको परीक्षण गर्ने सीमित क्षमताका कारण सङ्ख्या बढी देखिएको भएपनि वास्तविक मृत्युदर उल्लेख्यरूपमा कम रहेको दावी गरेका छन् ।

अनुसन्धानकर्ताहरूले चीनको वुहानबाट प्राप्त विभिन्न आठ निजी तथा सरकारी तथ्याङ्क स्रोतहरूलाई समीक्षा गरेको र त्यसबाट वास्तविक मृत्यु दर आएको उल्लेख गरेका छन् ।

स्रोतहरूमा पुष्टि भएका विरामीहरूको वुहानबाट प्रकाशित तथ्याङ्क, पुष्टि भएका हवाई यात्रुका विवरण, पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको उमेरगत विवरण र सङ्क्रमितको सुरूवाती तथ्याङ्क र मृत्युलगायत आठथरी विवरण रहेका छन् ।

अध्ययनका लागि फेब्रुअरी २९ सम्मको तथ्याङ्क समावेश भएको र त्यतिवेलासम्म मुख्यभूमि चीनमा दुई हजार ८३८ व्यक्तिको मृत्यु भएको थियो भने ७९ हजार ३९४ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।
रासस

प्रकाशित: Mar 19, 2020| 16:01 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।