बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण रोक्न काठमाडौं महानगरको १० करोडको कोष

कोरोना संक्रमण रोक्न काठमाडौं महानगरको १० करोडको कोष

विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रु. १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

विश्वभर महामारीको रुपमा फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रु. १० करोडको ‘आकस्मिक कोष’ स्थापना गर्ने भएको छ । आज बसेको विशेष कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट भाइरस रोकथाम तथा नियन्त्रणका लागि तत्काललाई साना, मझौला र ठूला वडामा क्रमशः रु दुई लाख, रु तीन लाख र रु चार लाखका दरले निकाशा पठाउने निर्णय गरेको जानकारी दिए।

“कोरना भाइरस रोकथाम तथा नियन्त्रण एवं डेङ्गु रोग नियन्त्रणका लागि नेपाली तथा नेपाल भाषामा पर्चा, पम्पेल्ट, ब्यानरजस्ता प्रचार सामग्री निर्माण एवं वितरण गर्ने निर्णय पनि भएको छ,” प्रमुख शाक्यले भने, “विभिन्न स्थानमा स्वास्थ्यजनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्प डेस्क स्थापना तथा सञ्चालन गरिनेछ भने महागरपालिकास्थित मठ, मन्दिर, मस्जिद, गुम्बाजस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भीडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।”

कारोना रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्य प्रभावकारी ढङ्गले सञ्चालन गर्न कामपा जनस्वास्थ्य महाशाखाअन्तर्गत ‘फोकल प्वाइन्ट’को रुपमा २४ सै घण्टा हेल्फ डेक्स सञ्चालन गर्ने पनि जानकारी दिए। स्तरीय विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाउनेजस्ता निर्णय पनि बैठकले गरेको छ । सङ्घीय सरकारले गरेको निर्णय कार्यान्वयन गर्न, गराउन सम्बन्धित विभाग, महाशाखा, शाखालाई निर्देशन गर्ने, उपप्रमुखको नेतृत्वमा रहेको अनुगमन समितिलाई कालोबजारी नियन्त्रणका लागि प्रभावकारी ढङ्गले परिचालन गर्ने जनाइएको छ ।
रासस

प्रकाशित: Mar 19, 2020| 15:54 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।