बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारपछि हत्या : शव तरुलको खाल्डोमा, किताब मलखादमा

बलात्कारपछि हत्या : शव तरुलको खाल्डोमा, किताब मलखादमा

इलाममा स्कुल जाँदै गरेकी १७ वर्षीया एक किशोरीको गाउँकै २१ वर्षीय युवकले बलात्कारपछि हत्या गरेको खुलेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

इलाम- इलाममा स्कुल जाँदै गरेकी १७ वर्षीया एक किशोरीको गाउँकै २१ वर्षीय युवकले बलात्कारपछि हत्या गरेको खुलेको छ।

कक्षा ११ को प्रिबोर्ड परीक्षा दिन घरबाट हिँडेकी सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको गाउँकै २१ वर्षीय रोशन राईले बलात्कारपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले आकृतिको विद्यालय नपुग्दै बीच बाटोमा मंगलबार बलात्कारपछि हत्या भएको खुलेको जानकारी दिए। बलात्कारपछि हत्यामा संलग्न रोशनलाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत आकृतिको शव खाडलमा गाडिएको अवस्थामा बुधबार फेला परेको पाण्डेले जानकारी दिए।

‘घरबाट स्कुल हिँडेकी आकृतिको स्कुल पुग्नुअघि नै बलात्कार गरी हत्या गरेर खाडलमा पुरिएको अवस्थामा शव फेला परेको छ,’ पाण्डेले भने, ‘विद्यालय नपुगेपछि शिक्षक र स्थानीय अभिभावकले खोजतलास गरे पनि नभेटेपछि प्रहरीले बुधबारमात्र शव फेला परेको हो।’

आकृतिलाई खोजी गर्ने क्रममा उनी हिँडेको बाटोको तलतिरको अम्रिसोको झाडीमा शंका लागेर हेर्दा तरुल खनेर छोडिएको खाल्डोमा गाडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

आकृतिको कपडा घुँडाभन्दा तल झारेर खुट्टामा बेरी नहल्लिने बनाएर, टाउको प्लास्टिकको बोरामा हाली पुरिएको अवस्थामा शव भेटिएको पाण्डेले जानकारी दिए।

पक्राउ परेका रोशनले आफूले बलात्कारपछि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। बलात्कार गरेको कुरा अरुलाई भनिदिन्छु भनेपछि थाहा पाउने डरले ढुंगाले टाउकामा प्रहार गरी हत्या गरेको रोशनले स्वीकारेका छन्। घटना आफू एक्लैले घटाएको पनि उनले प्रहरीलाई बयान दिएका छन्।

शव खाल्डोमा चप्पल र किताब मलखादमा

प्रहरीका अनुसार आकृतिको शव गाडिएको जग्गा रोशनकै हो। त्यही नजिक रोशनको गाई गोठ पनि छ। बिहानैदेखि गोठमै रहेका रोशनले आकृतिलाई बलात्कारपछि हत्या गरेर गोठमै भएको कोदालोले खाल्डो खनेर गाडेका थिए।

घटनाबारे सोधपुछ गर्दा रोशन अरुभन्दा बढी नै बोलिरहेको र प्रस्तुतिसमेत अस्वभाविक जस्तो लागेर नियन्त्रणमा लिएको पाण्डेले जानकारी दिए। सोधपुछका क्रममा उनले आकृतिको चप्पल र किताब लगेर आफ्नै गोठको मलखादमा लगेर पुरेको बताएपछि हेर्दा भेटिएको पाण्डेले बताए।

रोशनले भनेकै ठाउँमा चप्पल र किताब भेटिएको र उनले लगाउने बनियान र अन्डरवयरमा समेत रगतका छिटा भेटिएपछि उनैले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ। रोशनका बुबाआमा त्यसदिन पाथीभरा घुम्न गएकाले रोशन गोठमा एक्लै रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आकृतिको परिवार आर्थिक रुपमा कमजोर छ । उनका बुबा पूर्णबहादुर करिब ७ महिनाअघि अरिंगालको टोकाइबाट बिरामी भएपछि निको भएका छैनन्। उनी नियमित डायलासिस गराइरहेका छन्। उनका सबैजसो अंगले काम गर्न छोडेका छन्।

आमा पनि ५–६ वर्षअघि नै अर्को बिहे गरेर गएकाले १३ र १० वर्षका २ भाइको लालनपालनको जिम्मा आकृतिकै थाप्लोमा थियो।

प्रकाशित: Mar 19, 2020| 14:21 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।