बिहीबार, भदौ ४, २०८३

निगमको नारिता र युएई उडान स्थगित

नेपाल वायुसेवा निगमले जापानको नारिता र युएईको दुवईमा गर्दै आएको नियमित उडान शुक्रबार रातिदेखि लागु हुने गरी स्थगित गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं - नेपाल वायुसेवा निगमले जापानको नारिता र युएईको दुवईमा गर्दै आएको नियमित उडान शुक्रबार रातिदेखि लागु हुने गरी स्थगित गरेको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयअनुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको निगमले जानकारी दिएको छ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने पनि निगमले जनाएको छ। यसका अतिरिक्त नियमित उडान चालुरहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने निगमले बताएको छ। यस्तै यात्रुहरुको उडान मिति परिवर्तन गर्दा पनि कुनै शुल्क नलाग्ने व्यवस्था निगमले गरेको छ।

 

प्रकाशित: Mar 19, 2020| 11:39 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।