बिहीबार, भदौ ४, २०८३

प्रदेश १ मा तयार भयो ४४० शैय्याको क्वारेन्टाइन

कोभिड-१९ को संभावित संक्रमणलाइ रोक्न प्रदेश १ मा ४४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

इटहरी - कोभिड-१९ को संभावित संक्रमणलाइ रोक्न प्रदेश १ मा ४४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको छ। उत्तरी मोरङको टाँडी, झापाको भद्रपुर र उदयपुरको कटारीस्थित बेलसोत भन्ने स्थानमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको छ। प्रदेश १ सरकारले गत फागुन २९ गते प्रदेश १ मा संभावित कोभिड-१९ को जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन निर्माणको निर्णय गरेको थियो।

टाँडीमा २००, झापामा ४० र उदयपुरमा ४० बेड क्षमताको क्वारेन्टाइन निर्माण भएको नेपाली सेनाको इटहरीस्थित पूर्वी हेडक्वार्टरका सूचना अधिकारीले जानकारी दिएका छन्।

प्रदेश १ सरकारका प्रवक्त तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले कोरोना संक्रमण रोकथामदेखि सचेतनाका सबै संभव तयारीहरु गरेको बताए। प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग समन्वय गरेर कोरोना रोकथामका सम्पूर्ण प्रयास गरेको मन्त्री कार्कीले बताए।

पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति अनन्त कार्कीले रोग आउन नदिन सबैले प्रयास गर्नुपर्ने र एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नपर्ने बताए। उनले भने, ‘हामी अहिलेसम्म सुरक्षित छौं र सुरक्षित रहने छौं भन्ने दृढ संकल्प गरौं। नेपाली सेना कोरोनाविरुद्धको युद्ध जीत्न जस्तोसुकै मूल्य चुकाउन तयार छ र हामी लड्ने छौं र जित्ने छौं।’

प्रकाशित: Mar 19, 2020| 11:28 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।