बिहीबार, भदौ ४, २०८३

रसुवा र तातोपानी नाका खोल्ने तयारी

 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं– अर्थमन्त्रीसमेत रहेका सूचना सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले रसुवा र तातोपानी नाका खोल्ने विषयमा छलफल जारी रहेको बताएका छन्।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले चीनबाट छिट्टै नियमित आपूर्ति हुने बताएका हुन्।

कोभिड–१९ को प्रभावले बजारमा कुनै पनि वस्तुको अभाव नहुने उनको भनाइ छ।

विद्यालय, विश्वविद्यालय, सार्वजनिक स्थल, सिनेमा हल, साँस्कृतिक कार्यक्रमलगायतका गतिविधि बन्द हुनुले अर्थतन्त्रमा ठूलो असर नगर्ने खतिवडाले बताए।

उनले भने, “हामी सबै सुरक्षित छौं, पर्ख र हेरौंका अवस्थामा रहँदारहँदै शिक्षण संस्था बन्द गरिएको हो।”

विश्व स्वास्थ्य संगठनको सल्लाह र अभिभावक तथा नागरिक समाजसँगको परामर्शमा केही समय स्थगित गरिएको भए पनि शैक्षिक क्यालेन्डर नबिगार्ने खतिवडाले बताए।

प्रकाशित: Mar 19, 2020| 11:01 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।