बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धार्मिकस्थलमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने, लाइन बस्दा कम्तिमा एक मिटर दूरी अनिवार्य

धार्मिकस्थलमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाइने, लाइन बस्दा कम्तिमा एक मिटर दूरी अनिवार्य

धार्मिकस्थल जाँदा साबुन पानीले हात धुने र मास्क अनिवार्य लगाउन आग्रह गरेको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं– सरकारले मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलमा एक पटकमा २५ जनाभन्दा बढी तीर्थालु÷दर्शनार्थी भेला हुन नपाइने जनाएको छ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले धार्मिक स्थलमा लामबद्ध हुने व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर हुनुपर्ने निर्णय गरेको हो ।

त्यस्तै, धार्मिकस्थल जाँदा साबुन पानीले हात धुने र मास्क अनिवार्य लगाउन आग्रह गरेको छ।

बैठकले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्र, संग्रहालय तथा अभिलेखालय चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानलगायत सभाहलमा पनि यो महिनाभर कुनै कार्यक्रम गर्न पाइने छैन।

मन्त्रालय र अन्तर्गतका निकायले कार्यालय भवन र परिसर नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ।

प्रकाशित: Mar 19, 2020| 09:39 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।