बिहीबार, भदौ ४, २०८३

लोकसेवाका सम्पूर्ण परीक्षा स्थगित

लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सम्पूर्ण परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- लोकसेवा आयोगले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सम्पूर्ण परीक्षा स्थगित गरेकाे छ।

आयोगले बिहीबार सूचना जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ख्याल गरी चैत मसान्तसम्म तोकिएका सम्पूर्ण परीक्षाका कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

आयोगले चैत मसान्तसम्मका लागि  निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा कार्यक्रम तय गरेको थियो।

परीक्षा स्थगित हुँदा करिब ५० हजार परीक्षार्थी प्रभावित भएको आयोगकी प्रवक्ता गीता होमेगाईंले जानकारी दिइन्।

 

प्रकाशित: Mar 19, 2020| 08:32 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।