बिहीबार, भदौ ४, २०८३

दक्षिण एसियामा ५७८ मात्र संक्रमित, ६ को मृत्यु

 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं– दक्षिण एशियाका आठ राष्ट्रमा हालसम्म ५७८ जनामा मात्र कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये तीन संक्रमित भारतका हुन्। त्यस्तै पाकिस्तानमा दुईजना र बाङ्लादेशमा कोभिड–१९ का कारण एक जनाको ज्यान गएको छ।

दक्षिण एसियाली राष्ट्र म्यानमारमा एउटा पनि संक्रमण देखिएको छैन।

नेपाल र भुटानमा एक/एक जनामा संक्रमण देखिएको थियो। दुवै संक्रमणमुक्त भइसकेका छन्।

सबैभन्दा धेरै पाकिस्तानमा ३०१ जनामा संक्रमण देखिएको छ। भारतमा १७४, श्रीलंकामा ५२ र अफ्गानिस्तानमा २२ जनामा संक्रमण भएको पुष्टि भएको छ।

बाङ्लादेशमा १४ र माल्दिभ्समा १३ जनामा संक्रमण देखिएको छ। दक्षिण एसियाका ८ राष्ट्रमा करिब एक अर्ब ९३ करोड जनसंख्या छ।

प्रकाशित: Mar 19, 2020| 08:09 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।