बिहीबार, भदौ ४, २०८३

डडेल्धुरामा पासोमा पारेर गाईको हत्या

डडेल्धुराको देउपाल सामुदायिक वनमा पासोमा झुन्ड्याएर हत्या गरिएको अवस्थामा ५ वटा गाईको शव र कंकाल भेटिएको छ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

डडेल्धुरा– डडेल्धुराको देउपाल सामुदायिक वनमा पासोमा झुन्ड्याएर हत्या गरिएको अवस्थामा ५ वटा गाईको शव र कंकाल भेटिएको छ।

गन्यापधुरा गाउँपालिका–१ को सामुदायिक वनमा ग्याबिन तारले पासोमा झुन्ड्याएर मारिएको अवस्थामा ५ वटा गाईका शव भेटिएको प्रहरीले जनाएको छ।

सामुदायिक वनको भिरालो क्षेत्रमा झुन्ड्याएर मारिएको अवस्थामा गाईका शव भेटिएको डडेलधुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

स्थानीयले गाईको शव देखेपछि प्रहरीलाई खबर गरेपछि डीएसपीसहितको टोली घटनास्थल पुगेको छ। जिउँदै गाईलाई तारले रुखमा बाँधेर हत्या गरेको हुन सक्ने आशंका प्रहरीको छ।

गाईको शवको पशु चिकित्सकको टोलीले अनुसन्धान गरिरहेको छ। पशु चिकित्सकले करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने बताएका छन्।

प्रहरीले गाई हत्यामा संलग्नको खोजी कार्य जारी राखेको र भेटिएमा गौहत्यासम्बन्धी कानुनअनुसार कारबाही गर्ने डीएसपी न्यौपानेले बताए।

प्रकाशित: Mar 19, 2020| 06:45 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।