काठमाडौं- इटालीमा क्वारेनटाइनबाट बाहिर निस्किएका ८ हजार नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारले तोकेको निषेधाज्ञा तोडेको भन्दै मंगलबार ८ हजार नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका नागरिकलाई तीन महिना जेलमा राखिने भएको छ ।
इटालीमा सरकारले पुरै देशका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन जारी गरेको छ । घरबाट बाहिर ननिस्किन र अतिआवाश्यक परे सरकारलाई जानकारी गराएरम मात्रै बाहिर निस्किन भनेको छ ।
तर, सरकारले दिएको यो निर्देशन विपरित घरबाहिर निस्किने ८ हजार नागरिकलाई प्रहरीले मंगलबार पक्राउ गरको हो ।
कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित देशको सूचीमा इटाली छ । इटालीमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७१३ जना संक्रमित भएका छन् भने २ हजार ९७८ जनाको मृत्यु भैसकेको छ । बुधबार मात्रै इटालीमा कोरोनाका कारण ४७५ जनाको मृत्यु भएको छ ।