बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट एकैदिनमा २०५५७ संक्रमित, ९७६ को मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २० हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा कोरोनाबाट ९७६ जनाको मृत्यु भएको वर्डओमिटरले जनाएको छ ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार मात्रै २० हजार ५५७ जना नयाँ संक्रमित थपिएका छन्।

बितेको २४ घण्टामा कोरोनाबाट ९७६ जनाको मृत्यु भएको वर्डओमिटरले जनाएको छ। अहिलेसम्म कोरोना भाइरसबाट २ लाख १९ हजार २३७ संक्रमित भएका छन् भने ८ हजार ९६७ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै ज्यान गुमाउने र संक्रमितको संख्या चीनमा रहेपनि नयाँ संक्रमित र पछिल्लो २४ घण्टामा ज्यान गुमानेको संख्या सबैभन्दा धेरै इटालीमा छ। इटालीमा बुधबार मात्रै ४ हजार २०७ जना नयाँ संक्रमित थपिदा ४७५ जनाको मृत्यु भएको छ।

यस्तै स्पेनमा बितेको २४ घण्टामा २ हजार ९४३ थपिदा १०५ जनाको मृत्यु भएको छ। जर्मनीमा बुधबार २ हजार ९६० जनामा केरोना देखिदा २ जनाको मृत्यु भएको छ। अमेरिकामा बितेको २४ घण्टामा २ हजार ८४६ जनामा संक्रमण देखिदा ४१ जनाको मृत्यु भएको छ।

यस्तै फ्रान्समा १ हजार ४०४ जना नयाँ संक्रमित थपिदा बितेको २४ घण्टामा ८९ जनाको मृत्यु भएको छ । इरानमा १ हजार १९२ जना नयाँ संक्रमित देखिएका छन् भने बुधबार मात्रै १४७ जनाको मृत्यु भएको छ।

त्यस्तै बेलायतमा बुधबारमात्रै ६७६ जना नयाँ संक्रमित भेटिएका छन् भने ३३ जनाले ज्यान गुमाएका छन् । नेदरल्याण्डमा ३४६ जना नयाँ संक्रमित फेला परेका छन् भने पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन्।

कोरोनाको उद्गम देश चीनमा भने नयाँ संक्रमण दर घटेको छ। बुधबार १३ जना मात्रै नयाँ संक्रमित भेटिएका थिए भने ११ जनाको मृत्यु भएको थियो।

पछिल्लो समय कोरोना युपोपमा तिब्र गतिमा फैलिएको छ भने मृत्यु दर पनि उच्च देखिएको छ।

चीनमा अहिलेसम्म कोरोनाबाट ३ हजार २३७ जनाको मृत्यु हुँदा युरोपका सात देश इटाली, स्पेन, जर्मनी, फ्रान्स, वेलायत, स्विजरल्याण्ड र नेदरल्याण्डमा मात्रै १ हजार १०३ जनाको मृत्यु भएको छ।

इरान र अमेरिकामा पनि तिब्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

इरानमा कोरोनाबाट १७ हजार ३६१ जना संक्रमित भएका छन् भने १ हजार १३५ को मृत्यु भएको छ । अमेरिकामा ९ हजार २५७ मा कोरोना संक्रमण देखिदा १५० जनाको मृत्यु भएको छ।

प्रकाशित: Mar 19, 2020| 04:38 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।