बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाकाे जाेखिम बढेपछि प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा

कोरोनाकाे जाेखिम बढेपछि प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

काठमाडौं- कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'सेल्फ क्वारेन्टाइन'मा बसेका छन् ।

प्रचण्डले आज (बिहीबार)बाट सबैखाले भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ । गेटमा चेकजाँच कडा पारिएको छ भने परिवारका सदस्यबाहेक कसैलाई पनि नभेट्ने गरी उनी घरभित्रै बसेका छन् ।

अत्यावश्यक काम परेर भेट्नैपर्ने परिस्थिति भए सबैखाले चेकजाँच गरेर मात्रै भेट्ने प्रवन्ध मिलाइएको उनको सचिवालयका सदस्य सन्तु दराईले नेपाल समयलाई जानकारी दिए ।

प्रचण्डका सहयोगी दराईले भने- 'उहाँले गर्दै आउनु भएका सबैखाले भेटघाट आजबाट बन्द गरिएको छ। अति जरुरी नपरेसम्म घरबाहिर ननिस्किने कुरा भएको छ ।'

प्रचण्ड सेल्फ क्वारेन्टाइनमा बसेको उनकी छोरी गंगा दाहालले पनि फेसबुकमार्फत जानकारी गराएकी छिन् ।

उनले लेखेकी छिन्– ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ।’

सरकारले बुधबारमात्रै अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल गर्न रोक लगाएको थियो ।

२५ जना भन्दा बढी भेला हुन नपाउने, देशैभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित: Mar 19, 2020| 03:47 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।