आइतबार, असोज २५, २०८३

कार्यकक्षमै कुटिए गाउँपालिका अध्यक्ष रावल

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल आफ्नै कार्यकक्षमा कुटिएका छन् ।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल आफ्नै कार्यकक्षमा कुटिएका छन् ।

सिञ्जा गाउँपलिका वडानम्बर २ का स्थानीय देवीकृष्ण शर्माले रावलाई उनकै कार्यकक्षमा गएर कुटपीट गरेको प्रहरीले जनाएको छ । कुटपिट बाट घाइते भएका गाउँपालिका अध्यक्ष अस्पतालमा उपचार गराएर घर फर्किएका छन् ।

पीडित अध्यक्ष रावले आफू टेलिफोन गरिरहेका बेला अकस्मात कार्यकक्षमा आएर कुटपित गरेको नेपाल समयलाई जानकारी दिए । उनले भने- 'सुरुमा लाठ्ठीमा पेटमा घोचे, त्यसपछि लाठ्ठी लाठ्ठीले हान्यो ।'

वडानम्बर २ मा स्थानीयले बनाएको गिट्टी बालुवा समितिको सदस्य रहेका शर्माले गिट्टी बालुवाको पैसा गाउँपालिका अध्यक्षले खाएको भन्दै कुटपिट गरेका हुन् ।

स्थानीय हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन् विषयमा शर्मा र रावलबीच विवाद हुँदै आएको थियो ।

प्रकाशित: Mar 19, 2020| 02:49 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।