बीरगंज- नेपालबाट कालोबजारी गरेर भारततर्फ लैजाँदै गरेको ६ बोरा मास्कसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
काठमाडौंबाट रात्री बसमा भारततर्फ लगिँदै गरेको मास्कसहित पर्सा छिपहरमाई गाउँपालिका–५ का सुलिन जैसवाल र अजय महतो कोइरीलाई प्रहरीले बुधबार पर्साबाट पक्राउ गरेको हो।
उनीहरुले मास्क भारतमा लगेर महंगो मूल्यमा बेच्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले ६ वटा बोरमा करिब २० हजार वटा मास्क रहेको जनाएको छ। उनीहरुबारे थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ।