बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरस जोखिम न्युनिकरणका लागि सेनाको प्रशिक्षण

कोरोना भाइरस जोखिम न्युनिकरणका लागि सेनाको प्रशिक्षण

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि दुई दिने प्रशिक्षण दिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि दुई दिने प्रशिक्षण दिएको छ।

सेनाले जंगी अड्डामा सेनाका विभिन्न युनिटहरुमा कार्यरत विभिन्न तहका सैनिक कर्मचारीलाई मंगलबार र बुधबार गरी दुई दिने तालिम प्रदान गरेको हो।

सेनाले जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु निर्माण गरी ५० जना स्वास्थ्यकर्मी तथा विभिन्न युनिटमा कार्यरत १ सय ३१ सैनिकसहित १ सय ८१ जनालाई तालिम प्रदान गरेको हो।

तालिममा क्वारेन्टाईन निर्माण, पानी प्रशोधन, फोहोर व्यवस्थापन, विद्युत तथा धारा व्यवस्थापन, संक्रमण रोकथाम तथा निवारण एवम् कोरोना भाइरसविरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइएको थियो।

प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ५४ वटा क्वारेन्टाईन खडा गरी नौ वटा क्लस्टरमा विभाजन गरी प्रत्येक टेन्टमा दुई जना व्यक्ति रहने गरी निर्माण गरिएको थियो।

सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा क्वारेन्टाईन क्याम्प निर्माण तथा संक्रमण रोकथाम सम्बन्धी कार्य गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

 

प्रकाशित: Mar 18, 2020| 13:44 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।