शनिबार, साउन २३, २०८३

एसईई र त्रिविका सबै परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि परीक्षा रोक्ने निर्णय गरिएको हो।

एसईई परीक्षा भोलि चैत ६ गते (बिहीबार) देखि तोकिएको थियो।

त्यस्तै त्रिभुवन विश्वविद्यालयले पनि सम्पूर्ण परीक्षा कार्यक्रमहरु स्थगित गरेकाे छ।

सरकारले गठन गरेकाे कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिकाे बुधबार बसेकाे बैठकले २५ जना भन्दा बढी भेला हुने ठाउँमा नजान, सिनेमा घरहरु बन्द गर्न, बसमा सिट क्षमता भन्दा बढी यात्रु नराख्न आग्रह गरेकाे छ।

प्रकाशित: Mar 18, 2020| 12:50 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्