बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अत्यावश्यकीय वस्तुको अभाव हुन दिन्न, मेरो जिम्मा भयो : मन्त्री भट्ट

अत्यावश्यकीय वस्तुको अभाव हुन दिन्न, मेरो जिम्मा भयो : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अत्यावश्यकीय वस्तुको अभाव हुन नदिने र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन्।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अत्यावश्यकीय वस्तुको अभाव हुन नदिने र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका हुन्।

मन्त्री भट्टले भने,'अत्यावश्यकीय वस्तुको कुनै अभाव हुँदैन। त्यसको सम्पूर्ण जिम्मा म लिन्छु।' उनले खाद्यान्न, औषधिलगायतका वस्तुका बजारमा अभाव नभएको र कृतिम अभाव सिर्जना गर्नेलाई कडा कारबाही गरिने र यसका लागि स्वयम आफू नै बजार अनुगमनमा खटिएको दाबी गरे।

ग्यासको अनावश्यक सञ्चितिले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै मन्त्री भट्टले सिलिण्डर थुपार्ने काम नगर्न आग्रह गरे।

आपूर्ति व्यवस्थामा कुनै प्रभाव पर्न नदिन आफू सशस्त्र द्वन्द्वको समयमा झै दिनरात खटिइरहेको उल्लेख गर्दै मन्त्री भट्टले संकटका बेला सिङ्गो टोली इमान्दार भएर लागेको बताए। उनले सबैलाई एक ठाउँमा गोलबन्द हुन आह्वानसमेत गरे। 'सङ्कटका बेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ', मन्त्री भट्टले भने।

प्रकाशित: Mar 18, 2020| 12:31 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।