शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५ वर्षमा झन्डै १२ खर्ब विदेशी लगानी भित्र्याउने बोर्डको लक्ष्य

५ वर्षमा झन्डै १२ खर्ब विदेशी लगानी भित्र्याउने बोर्डको लक्ष्य

त्यसैगरी लगानीको वातावरण सहज बनाउँदै लैजाने बोर्डको पञ्चवर्षीय योजनामा समावेश छ। यसैगरी बोर्डले आफूलाई सार्वजनिक–निजी साझेदारीका लागि उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि राखेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं- लगानी बोर्ड नेपालले आगामी ५ वर्षमा ११ खर्ब ७५ अर्ब (१० अर्ब अमेरिकी डलर) बराबरको विदेशी लगानी स्वीकृत गर्ने पञ्चवर्षीय रणनीति अख्तियार गरेको छ। बोर्डले १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको पञ्चवर्षीय रणनीतिक योजनामा उक्त विषय उल्लेख छ। 

त्यसैगरी लगानीको वातावरण सहज बनाउँदै लैजाने बोर्डको पञ्चवर्षीय योजनामा समावेश छ। यसैगरी बोर्डले आफूलाई सार्वजनिक–निजी साझेदारीका लागि  उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने लक्ष्य पनि राखेको छ।

परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारी गरी चारखम्बे योजनासहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको बोर्डले जनाएको छ।

बोर्डले 'नेपाल इन्भेस्टमेन्ट गाइड २०२१' तथा 'कफी टेबल बुक'समेत सार्वजनिक गरेको छ। 

प्रकाशित: Sep 08, 2021| 15:25 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्