बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतको भेरीगंगा नपाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको भेरीगंगा नपाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नगरपालिकाका अधिकृत पौडेल र खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीविरुद्ध २ लाख रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

केसीले वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको २ लाख घुससहित अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा पौडेलको आदेश योजना र निर्देशनमा केसीले उक्त घुस लिएको खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: Mar 18, 2020| 10:31 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।