सोमबार, माघ ५, २०८२

सावित्रा नहुँदा बंगलादेशी डिफेन्डरलाई मनोवैज्ञानिक राहत

बंगलादेशी राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक स्लाम छोटोङले नेपाली फरवार्ड सावित्रा टिममा नहुँदा आफ्नो टिमलाई राहत हुने बताएका छन्।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

काठमाडौं– बंगलादेशी राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक स्लाम छोटोङले नेपाली फरवार्ड सावित्रा टिममा नहुँदा आफ्नो टिमलाई राहत हुने बताएका छन्। नेपालविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले सावित्राको अनुपस्थिति आफूहरूका लागि फाइदाजनक हुने बताएका हुन्। 

National life

एएफसी एसिया कप छनोट तयारीमा रहेका नेपाली महिला टिम र बंगादेशी महिला टिमले बिहीबार अपराह्न साढे पाँच बजे पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन्। दोस्रो मैत्रीपूर्ण सेप्टेम्बर १२ तारिखमा हुनेछ। बंगलादेशी टिम सोमबार नेपाल आइपुगेको थियो। 

नेपाली स्ट्राइकर सावित्रा भण्डारी इन्जुरीका कारण कतारको एस्पिटर अस्पतालमा उपचार गराइरहेकी छन्। उनको अभाव नेपाली टिमका लागि निकै ठूलो क्षति हो। त्यसबारे सोधिएको प्रश्नमा नेपालको विपक्षी टिमका प्रशिक्षक छोटोङले भने, ‘उनी दक्षिण एसियाकी निकै उत्कृष्ट स्ट्राइकर हुन। उनी टिममा नहुँदा हाम्रा रक्षकलाई शान्ति मिल्नेछ।’

बंगलादेशी टिमले अघिल्लोपल्ट विराटनगरमा भएको खेलमा सावित्रासँग खेलेको थियो। उनी नहुँदा बंगलादेशी टिमलाई रिलिफ भएको छ। यसले बंगलादेशलाई मनोवैज्ञानिक प्रभाव पार्ला? छोटोङ भन्छन्, ‘खेलाडीका रुपमा उनी नहुनु दुःखद कुरा हो तर आफ्नो विपक्षी टिममा उनी नहुनुचाहिँ हाम्रा लागि राम्रो हो। उनको अनुपस्थितिले हामीलाई मनोवैज्ञानिक र मानसिक रूपमा ठूलो चिन्तनबाट मुक्त गराएको छ।’

त्यसअघि उनले मैत्रीपूर्ण खेल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)लाई धन्यवाद दिए। ‘कोभिडको अवस्थामा धेरै कुरा प्रतिबन्धित छन्। यस्तो अवस्थमा मैत्रीपूर्ण गाह्रो थियो हामी सजग भएर खेल्नेछौं,’ उनले भने, ‘यो अवसर सदुपयोग गर्न पाउँदा खुसी छौं।’

Laxmi sunrise bank
kumari

उज्जेकिस्तानमा हुने एसिया कप छनोट आउँदै गरेको समय खेल हुनु फाइदाजनक रहेको बताएका छन्। अहिले बंगलादेशको टिममा निकै युवा खेलाडी छन्। त्यहाँ १६ देखि २२ वर्षका खेलाडीको बाहुल्य छ। 

२५ वर्षीया बंगलादशी कप्तान सविना खातुन भन्छिन्, ‘सबै खेलाडी उमेर समूहमा सँगै खेल्दैछन्। र, उनीहरुको त्यहाँ बोन्डिङ राम्रो छ। त्यसैले सिनियर टिममा सबैको मैत्रीभाव राम्रो छ। एकले अरुको क्षमता बुझेको टिम छ।’

एएफसी छनोटअघिको यो खेलले बंगलादेशी खेलाडी निकै उत्साही रहेको प्रशिक्षक बताउँछन्। कप्तान खातुन भन्छिन्, ‘एन्फालाई खेल्न आह्वान गरेको र दिएको हस्पिटालिटीका लागि धन्यवाद।’

भोलिको खेल प्रतिस्पर्धात्मक हुने उनको भनाइ छ। उनले भनिन्, ‘हाम्रो तयारी राम्रो छ। हामी त्यसलाई खेलमा देखाउनेछौं। युवा टिम भए पनि जोश उच्च छ।’ भारतपछि नेपाल दक्षिण एसियाको किनै बलियो महिला फुटबल टिम हो। त्यसैले नेपालविरुद्ध खेल्न पाउनु बंगलादेशका लागि खुसीको विषय रहेको खातुनले बताइन्। नेपाली महिला टिमले अहिलेसम्म बंगलादेशसँग हार बेहोरेको छैन।


प्रकाशित: Sep 08, 2021| 15:19 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।