आइतबार, चैत १, २०८२

कोरोनाबाट ५६ देशका ७,९८४ को मृत्यु : कहाँ कति ?

वर्डओमिटरका अनुसार १५ देशमा कोरोना भाइरसबाट मृत्यु हुनेकाे दर उच्च छ । ५ सयभन्दा बढिको मृत्यु भएका देश ४ वटा छन् ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बुधबार बिहानसम्म ७ हजार ९८४ जनाको मृत्यु भएको छ।

National life

वर्डओमिटरका अनुसार अहिलेसम्म कोरोना भाइरस १६५ देशमा फैलिएको छ भने ५६ देशका नागरिकले ज्यान गुमाएका छन्। २४ घण्टामा मात्रै करिब १६ हजार नयाँ संक्रमित थपिएका छन् भने ८२३ जनाको मृत्यु भएको छ।

संक्रमित र ज्यान गुमाउनेको संख्या युरोपमा तीव्र गतिमा बढेको छ भने कोरोनाको उद्गम देश चीनमा घट्दै गएको छ। युरोपबाहेक अमेरिका र इरानमा पनि तीव्र गतिमा कोरोनाको भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

पछिल्लो समय युरोपमा मात्रै हरेक दिन पाँच सयभन्दा बढी व्यक्तिकाे मृत्यु भइरहेकाे छ भने १० हजारभन्दा बढी व्यक्ति नयाँ संक्रमित थपिएका छन्।

कोरोनाबाट १८ देशमा १ जनाको मात्रै मृत्यु भएको छ भने ७ देशमा २ जनाको मृत्यु भएको छ। यस्तै २ देशमा ३ जनाको मृत्यु भएको छ भने ४ देशमा ४ जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

४ देशमै ५ जनाको मृत्यु भएको छ भने ४१ देशमा १० जनाभन्दा कमको मृत्यु भएको वर्डओमिटरले जनाएको छ। चीनमा ३ हजार २३७, इटालीमा २ हजार ५०३, इरानमा ९८८, स्पेनमा ५३३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट कुन देशमा कतिको मृत्यु ?

चीन– ३२३७

इटाली– २५०३

इरान– ९८८

स्पेन– ५३३

फ्रान्स– १७५

अमेरिका– ११५

दक्षिण कोरिया– ८४

बेलायत– ७१

नेदरल्यान्ड्स– ४३

जापान– २९

स्विट्जरल्यान्ड– २७

जर्मनी– २६

फिलिपिन्स– १४

इराक– ११

बेल्जियम– १०

स्विडेन– ८

क्यानडा– ८

डाइमन्ड प्रिन्सेस– ७

सानमारिनो– ११

इन्डोनेसिया– ७

इजिप्ट– ६

अस्ट्रेलिया– ६

ग्रिस– ५

अल्जेरिया– ५

पोल्यान्ड– ५

अस्ट्रिया– ४

डेनमार्क– ४

लेबनान– ४

हङकङ– ४

नर्वे– ३

भारत– ३

मलेसिया– २

मोरक्को– २

आयरल्यान्ड– २

इक्वेडर– २

बुल्गेरिया– २

युक्रेन– २

अर्जेन्टिना– २

ब्राजिल– १

पोर्चुगल– १

स्लोभानिया– १

बहराइन– १

थाइल्यान्ड– १

लग्जेम्बर्ग– १

टर्की– १

ताइवान– १

पानामा– १

अल्वानिया– १

हंगेरी– १

अजरबैजन– १

डुमेनिकन रिपब्लिक– १

मार्टिनी क्यू– १

ग्वाटेमाला– १

ग्युवाना– १

सुडान– १

केमन आइसल्यान्ड– १

प्रकाशित: Mar 18, 2020| 05:42 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।