बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौधरी ग्रुपको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

चौधरी ग्रुपको पशुपति विस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

चौधरी ग्रुपको सुनसरी दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं-  चौधरी ग्रुपको सुनसरी दुहबीमा रहेको पशुपति बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ।

मंगलबार राति ८ बजे फ्याक्ट्रीमा अचानक आगो लागेको आगो राति १० बजेसम्म नियन्त्रणमा आएको छैन।

आगो नियन्त्रणबाहिर रहेको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकल आगो निभाउन खटिएका छन्।

घटनास्थल पुगेका विराटनगरका पत्रकार मिनकुमार नवाेदितका अनुसार ८ बजे लागेकाे आगाे नियन्त्रणमा नआएकाे हो।

फ्याक्ट्रीमा ठूलाे परिमाणमा केमिकल रहेका कारण पनि आगो विभषण बन्दै गएको कर्मचारीले जानकारी दिएका छन् । 

आगलागी भएको स्थानमा ठूलो संख्यामा स्थानीय भेला भएका छन्।  पशुपति बिस्कुट फ्याक्ट्रीद्वारा उत्पादित विस्कुटको नेपालमा  अत्यधिक बिक्री हुनेमध्येको बिस्कुट हो।

प्रकाशित: Jan 07, 2020| 16:49 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।