बिहीबार, भदौ ४, २०८३

राष्ट्र बैंकको कामु गभर्नरमा शिवाकोटी

नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन्।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाएका छन्। मंगलबार अर्थ मन्त्रालयले मन्त्रीस्तरीय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको हो।

गभर्नर डा. चिरञ्जीवी नेपालले ५ वर्षे कार्यकाल पूरा गरी मंगबारबाट बाहिरिएका छन्। नेपालको कार्यकाल सकिन एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भए पनि सरकारले नियुक्त गर्न सकेको छैन। नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले शिवाकोटीलाई अर्थ मन्त्रालयले कामुको जिम्मेवारी दिएको हो।

 

प्रकाशित: Mar 17, 2020| 16:19 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्