आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश–२ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

प्रदेश–२ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

दुई नम्बर प्रदेश सभामा नेकपाका ३२ सांसद रहेकोमा उसले गरेको प्रस्तावमा ३७ मत आएको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

जनकपुरधाम– प्रदेश २ को नाम ‘जानकी’ राख्न नेकपाले गरेको प्रस्ताव अस्वीकृत भएको छ। प्रदेश सभामा आज भएको मतदानमा पक्षमा ३७ मत परेको छ भने विपक्षमा ७० मत परेको छ।

दुई नम्बर प्रदेश सभामा नेकपाका ३२ सांसद रहेकोमा उसले गरेको प्रस्तावमा ३७ मत आएको छ।

जानकी प्रदेशको पक्षमा दुई तिहाइ नपुगेपछि अर्को प्रस्तावमा मतदान हुने भएको छ। नामकरणका लागि दर्ता भएका प्रस्तावहरुमाथि क्रमअनुसार नै मतदान हुनेछ।

दोस्रो नम्बरमा नेपाली कांग्रेसले मिथिला भोजपुरा, तेस्रो नम्बरमा कांग्रेसका राजेश्वरप्रसाद साहले मध्य प्रदेश र चौथो नम्बरमा सत्तासीन दल समाजवादी पार्टी र राजपाको मधेश प्रदेश प्रस्ताव दर्ता भएको छ।

१०७ जना प्रदेश सांसद रहेको प्रसेश २ मा दुई तिहाइ बहुमत पुर्याउन ७२ मत आवश्यक छ।

प्रकाशित: Mar 17, 2020| 10:01 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।