आइतबार, असोज २५, २०८३

यी मुलुक जहाँ कोरोना संक्रमण भएको छैन

 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं– डिसेम्बर अन्तिममा चीनको वुहानमा देखा परेको कोरोना भाइरस अहिले १५२ मुलुकमा संक्रमण भएको छ। सात हजार १९ जनाको मृत्यु भएको छ।

एक लाख ७३ हजार ३४४ जना संक्रिमत देखिएका छन्। ७९ हजार ९०८ जना संक्रमणमुक्त भएका छन्।

विश्वका धेरै शक्तिशाली मुलुक कोरोनाको महामारीमा छन् यतिबेला। केही यस्ता मुलुक छन्– जहाँ कोरोना संक्रमण भएको खबर आएको छैन ।

संयुक्त राष्ट्र संघमा १९३ मुलुक आबद्ध छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार अपराह्नसम्म १५२ राष्ट्रमा भाइरस संक्रमण देखिएको जनाएको छ।

यो सूचीमा एकजना मात्रै संक्रमित देखिएर निको भइसकेका नेपाल, भुटान, ग्वाटेमाला, सुडानलगायत पनि छन्।

नेपालसहित १९ देशमा एकजनामा संक्रमण फेला परेको छ। नौ देशमा दुई/दुईजना, पाँच देशमा तीन/तीन र ६ देशमा चार/चार जना मात्रै संक्रमित फेला परेका छन्। १५ देशमा १० जनाभन्दा कम संक्रमित छन्।

प्रकाशित: Mar 17, 2020| 10:39 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।