आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप : प्राधिकरण

१३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप : प्राधिकरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ। मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ।

योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट संकलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ। नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन्।

बाँकी गुनासोको यही चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए। त्यसैगरी, कार्यकारी समितिले ३ सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ।

प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ-आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ। आफू लाभग्राही भई अनुदान पाउन योग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने छन्।

प्रकाशित: Mar 17, 2020| 09:51 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।