बिहीबार, भदौ ४, २०८३

पत्नी हत्या आरोपमा वृद्ध पक्राउ

कञ्चनपुरमा पत्नी हत्या आरोपमा वृद्ध पक्राउ परेका छन्।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

धनगढी– कञ्चनपुरमा पत्नी हत्या आरोपमा वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको पुनर्बास नगरपालिका–८, ‘क’ गाउँमा ६३ वर्षीय सफली बयाडी रहेको प्रहरीले जनाएको छ।

उनीमाथि ६० वर्षीया पत्नी खन्जरीको हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार गत आइतबार सफलीको लाठी प्रहारबाट गम्भीर घाइते खन्जरीको मंगलबार मृत्यु भएको हो। गम्भीर घाइते खन्जरीको नेपालगन्जमा उपचारपछि घर फर्कने क्रममा बाटोमा ज्यान गएको आफन्तले जनाएका छन्।

खन्जरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

प्रकाशित: Mar 17, 2020| 07:28 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।