बिहीबार, भदौ ४, २०८३

प्रदेश २ को नाम टुंगो लगाउन छलफल जारी

प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभा बैठकमा छलफल जारी छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

जनकपुरधाम– प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभा बैठकमा छलफल जारी छ। प्रदेश नामकरणको लागि दर्ता भएका प्रस्तावहरूमाथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।

कार्यसूचीमा पहिलो क्रममा प्रदेशको राजधानीबारे टुंगो लगाउने प्रस्ताव रहे पनि अन्तिम समयमा कार्यव्यवस्था समितिले कार्यसूची परिवर्तन गरेर पहिलो प्रस्ताव नामकरणलाई बनाएको छ। अन्तिम समयमा कार्यसूची परिवर्तन गरिएपछि कतिपय सांसदहरूले आपत्ति जनाएका छन्। प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी प्रस्तावमाथि बुधबारमात्रै छलफल र मतदान हुने जनाइएको छ।

प्रदेशको राजधानी जनकपुरलाई तोक्नबारे दलहरू सहमति नजिक रहे पनि नाममा अझै विवाद कायमै छ। प्रदेश नामकरणको लागि सत्ता साझेदार समाजवादी पार्टी र राजपाले ‘मधेस प्रदेश’, नेकपाले ‘जानकी’ र नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ प्रस्ताव गरेको छ भने कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका छन्।

नामकरणबारे दलहरू आ–आफ्नै अडानमा कायम रहेपछि अन्तिम टुंगो लगाउन मतदान हुने भएको छ। प्रदेशसभा सचिवालयले मतदानको तयारी गरिसकेको छ। नामकरणका लागि दर्ता भएको सबै प्रस्तावमा छुट्टाछुट्टै मतदान हुने जनाइएको छ। नाम र राजधानी टुंगो लगाउन दुई तिहाइ बहुमत पुग्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रदेश २ मा सत्ता साझेदार समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र रिजवानी अन्सारी नेतृत्वको संघीय समाजवादी नेपालको एक जना सांसद छन्।

बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक तीन घन्टा ढिलो ११ बजेमात्रै सुरु भएको थियो।

प्रकाशित: Mar 17, 2020| 07:09 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।