बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई ७५ प्रतिशतसम्म जोखिम भत्ता

कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई ७५ प्रतिशतसम्म जोखिम भत्ता

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि खटिने कर्मचारीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको हो।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि खटिने कर्मचारीलाई २५ देखि ७५ प्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिको बैठकले सो निर्णय गरेको हो।

कोरोना नियन्त्रणमा खट्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सिङ कर्मचारीलाई ७५ प्रतिशत, उनीहरुको सहयोगमा खट्ने कर्मचारीलाई ५० प्रतिशत र सहयोगीलाई सहयोग गर्न खटिने जनशक्तिलाई सुरुको तलबको २५ प्रतिशत थप भत्ता दिने निर्णय भएको हो ।

त्यसैगरी कोभिड नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने अन्य निजामती, सुरक्षाकर्मी र नागरिक उड्ययनका कर्मचारीलाई पनि ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइनेछ।

बैठकले उपत्यकाका ६ वटा ठूला अस्पताल (टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पताल)मा २०–२० वेडको आईसीयू तयार गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी, प्रदेशका विभिन्न अस्पतालमा ११५ बटा आईसीयु वेडको व्यवस्था गर्ने तयारी सरकारको छ। साथै नेपाल–भारतमा सञ्चालन भएका सार्वजनिक यातायातहरु तत्कालको लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित: Mar 17, 2020| 05:27 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।