बिहीबार, भदौ ४, २०८३

कोरोना असर : सार्ककाे कुन देशमा कति ?

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पनि फैलिन थालेको छ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

काठमाडौं– गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा पनि फैलिन थालेको छ।

वर्ल्डओमिटरडटकमका अनुसार सार्कका आठ वटै देशमा मंगलबार बिहानसम्म ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २१ बिरामी उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

सार्कमा सबैभन्दा बढी पाकिस्तानमा संक्रमित छन्। त्यहाँ १८५ जनामा संक्रमण पुष्टि भएकोमा २ जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। यस्तै, पाकिस्तानमा कोरोनाबाट एक जनाको ज्यान गएको छ।

पाकिस्तानपछि भारतमा संक्रमित बढी छन्। त्यहाँ १२९ जनालाई संक्रमण पुष्टि भएकोमा १३ जना ‘रिकभर्ड’ भएका छन्।

कुन देशमा कति ?

देश           संक्रमण पुष्टि     मृत्यु     रिकभर्ड

पाकिस्तान      १८४              १          २

भारत           १२९              २         १३

श्रीलंका          २८              -           १

अफगानिस्तान   २१              -           १

माल्दिभ्स        १३               -           -

बंगलादेश        ८               -           ३

भुटान            १               -            -

नेपाल            १               -            १

स्रोत : वर्ल्डओमिटरडटकम

प्रकाशित: Mar 17, 2020| 05:41 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।