बिहीबार, भदौ ४, २०८३

नबिल इन्भेष्टमेण्ट बैंकिङको परामर्श सेवा

 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले देशमा छरिएर रहेका उद्योगी, व्यवसायी, संघसंस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यावसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

यस सेवाअन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि निम्न बमोजिमको सेवाहरु उपलब्ध गराईने जनाएको छ ।

वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, शेयर इक्विटी तथा मूल्यांकन, आम्दानी योजना, खर्च योजना तथा पूँजीगत बजेट आदिबारे परामर्श उपलब्ध गराइनेछ ।

 

प्रकाशित: Mar 17, 2020| 04:21 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्