बिहीबार, भदौ ४, २०८३

युनिभर्सल मेडिकल कलेजमा डाक्टर कुटिए, सेवा ठप्प

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका लागि आएका बिरामीलाई चिकित्सकले लापरबाहि गरी मारेको आरोप लगाउँदै आफन्तले सोमबार दिनभर प्रदर्शन गरेका छन् ।
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६

भैरहवा– युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा उपचारका लागि आएका बिरामीलाई चिकित्सकले लापरबाहि गरी मारेको आरोप लगाउँदै आफन्तले सोमबार दिनभर प्रदर्शन गरेका छन् । नवलपरासीको बर्दघाट–२ की यमकुमारी पुन तीन दिन अगाडि उपचारको लागि भैरहवा आएकी थिइन् ।

अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङले मस्तिष्क घात भएर आएकी यमकुमारीको उपचारका क्रममा मृत्यु भएको बताए । उनले भने, ‘चिकित्सकले सिटीस्क्यान गर्दा मस्तिष्कको पछाडि रगत जमेको देखियो । उनको न्यूरो सर्जरी डिपार्टमा उपचार भइरहेको थियो । हिजो (आइतबार) साँझदेखि नै स्वास्थ्य अवस्था खस्किँदै गएको थियो ।’

बिरामीका आफन्तले बाहिर लैजान मिल्छ कि मिल्दैन भनेको तर चिकित्सकले राति बाहिर लैजाँदा झनै समस्या होला भनेर नलैजान सुझाव दिएको उनले बताए । बिहानै बिरामी बितेपछि आफन्तले एक्कासि उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको उनको भनाइ थियो। मृतकको आफन्तको कुटाइबाट डा. अर्चन घिमिरे घाइते भएको अस्पतालले बताएको बताएको छ।

चिकित्सकलाई अस्पतालमै कुटपिट गरेको भन्दै एकातिर चिकित्सकहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन् भने आफन्तले सोमबार दिनभर अस्पताल परिसरमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रकाशित: Mar 17, 2020| 04:19 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।