बिहीबार, भदौ ४, २०८३

टिपर दुर्घटनापछि पनौतीमा अनिश्चितकालीन कर्फ्यु

काभ्रेको पनौती बसपार्क आसपासमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। 
 |  मंगलबार, चैत ४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ४, २०७६


काठमाडौं– टिपरको ठक्करबाट आमाछोरीको निधन भएपछि अशान्त बनेको काभ्रेको पनौतीमा मंगलबार बिहानदेखि कफ्र्यु लगाइएको छ।

काभ्रेको पनौती बसपार्क आसपासमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। 

सोमबार साँझ पनौतीमा ट्रिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछिको तनावपूर्ण अवस्थालाई नियन्त्रण लिन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरीका साथै चार जना स्थानीयसमेत घाइते भएका छन्।

पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा पैदलयात्री २६ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङलाई सोमबार साँझ बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका आमाछोरीको बनेपास्थित सिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खानीखोला गाउँपालिका–१ घर भएकी गोलेकी श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि आक्रोशित भीडले ढुङ्गामुढा गरेपछि २ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

भीड नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Mar 17, 2020| 04:14 मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।