बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ मा करोडौं रकमान्तर, मन्त्रीभन्दा राज्यमन्त्रीले बढी बुझे तलब–भत्ता

प्रदेश २ मा करोडौं रकमान्तर, मन्त्रीभन्दा राज्यमन्त्रीले बढी बुझे तलब–भत्ता

प्रदेश २ मा प्रत्येक वर्ष रकमान्तर गरेर करोडौं रुपैयाँ खर्च गर्ने परिपाटी बढ्दै गइरहेको छ।
 |  बुधबार, भदौ २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २३, २०७८

जनकपुरधाम– प्रदेश २ मा प्रत्येक वर्ष रकमान्तर गरेर करोडौं रुपैयाँ खर्च गर्ने परिपाटी बढ्दै गइरहेको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्षको अन्त्यमा सत्तारुढ दलका कार्यकर्तालाई फाइदा पुग्ने गरी १ करोडभन्दा बढी रकम रकमान्तर गरी खर्च गरेको पाइएको छ। 

National life

तत्कालिन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आर्थिक वर्ष २०७७–०७८ मा मन्त्रालयको विभिन्न शीर्षकमा छुट्याइएको १ करोड ३५ लाख २५ हजार रुपैयाँ रकमान्तर गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिएका छन्। 

महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष मन्त्रालयहरुमा सुरुमा बजेट विनियोजन कम गरी पछि रकमान्तर गरी रकम थप गर्ने परिपाटी बजेट सिद्धान्त विपरीत रहेको बताउँदै आएको छ। तर मन्त्रालयले भने प्रत्येक वर्ष असारमा बजेट रकमान्तर गर्दै आएको छ। 

कानुन मन्त्रालयले गत वर्ष विभिन्न शीर्षकबाट करोडौं रकम रकमान्तर गरेका मन्त्रालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ। मन्त्रालयले विद्यार्थीहरुको लागि भित्ते पत्रिका गोष्ठीको लागि ६४ लाख, सवारी साधन मर्मतको लागि १० लाख, मशलन्द तथा कार्यालय सामग्री खर्चको लागि ५ लाख, पदाधिकारीहरुको भ्रमण खर्चको लागि १० लाख, निजामती कर्मचारीहरुको भ्रमण खर्चको लागि ५ लाख, शान्ति सुरक्षा विशेष विभिन्न खर्चको लागि ३ लाख, प्रि–फ्याब भवन निर्माणको लागि २३ लाख २५ हजार र सामाजिक तथा आर्थिक सहायताको लागि १५ लाख रुपैयाँ रकमान्तर गरेको छ । 

गत वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मन्त्री भन्दा बढी राज्यमन्त्रीले तलब भत्ताबापत रकम बुझेका छन्। पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले आर्थिक वर्ष २०७७–०७८ मा तलब भत्ता र दैनिक भ्रमण भत्ता सहित १२ लाख ४ हजार ६ सय ७४ रुपैयाँ बुुझेका छन्। तर पूर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले तलब भत्ता, दैनिक भ्रमण मत्ता र घर भाडाबापत १८ लाख ८ हजार १९ रुपैयाँ बुझेका छन्। 

Shivam cement

घर भाडाबापत मन्त्रालयले पूर्व राज्यमन्त्री कुशवाहालाई प्रति महिना १८ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

प्रकाशित: Sep 08, 2021| 11:30 बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।