बिहीबार, भदौ ४, २०८३

सिभिल बैंकको शाखा टोखामा

 |  सोमबार, चैत ३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३, २०७६

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडांै जिल्लाको टोखामा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको उद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरियो । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङले टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरे । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।

 

प्रकाशित: Mar 16, 2020| 05:17 सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्