बिहीबार, भदौ ४, २०८३

कारोबार समय थपेकै दिन ६५ अंकले घट्यो नेप्से

कारोबार समय एक घण्टा बढाएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ६५ अंकले घटेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- कारोबार समय एक घण्टा बढाएकै दिन सेयर बजार परिसूचक नेप्से करिब ६५ अंकले घटेको छ।

कोराना सक्रमणको त्रासका कारण आर्थिक मन्दी आउने अनुमानबीच केही दिनदेखि बजार उच्च अंकले घटिरहेको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले आइतबारदेखि कारोबार समय एक घण्टा थप गरेको हो। आइतबार बजारमा ११ बजेदेखि ४ बजेसम्म कारोबार भएको थियो।

आइतबार बजार खुल्नेवित्तिकै बढेको नेप्से त्यसपछि लगातार ओरालो लाग्यो। अन्तिम समयसम्ममा बजार ६४.१४ अंकले घटेर  १३१३.४ अंकमा झरेको छ। यस दिन सबै समूहगत परिसूचक पनि ओरालो लागेको छ। सबैभन्दा बढी लाइफ इस्योरेन्स ६२१ अंकले घटेको छ। 

यस दिन १७४ कम्पनीको ५५ लाख ७० हजार कित्ता सेयरबाट २ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: Mar 15, 2020| 10:43 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्