आइतबार, चैत १, २०८२

सामान्य अवस्थामा फर्किंदै चिनियाँ जनजीवन

कोरोनाको प्रभाव अत्यधिक फैलिएपछि देशभरका एक हजार ११९ वटा द्रुतमार्गका मुख्य नाका बन्द गरिएको थियो। त्यसमध्ये दुईवटा बाहेक अहिले सबै नाका खुला भइसकेका छन्।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम हुँदै गएपछि चीनको अवस्था सामान्य बन्दै गएको छ। सीएनएनका अनुसार नयाँ संक्रमितको संख्या चीनमा न्यून छ । आज (आइतबार) २० जनामात्र कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।

National life

केही समयअघि चीनमा दिनमै एक हजार जनासम्ममा संक्रमण देखिएको थियो। पछिल्लो हप्ता नयाँ संक्रमण विदेशबाट आउने नागरिक र वुहानमा मात्र देखिएको छ।

कोरोना प्रभाव कम भएसँगै विभिन्न सहरमा गरिएको ‘लकडाउन’ हटाइएको छ भने कार्यालय पनि खुल्न थालेका छन्।

कोरोनाको प्रभाव अत्यधिक फैलिएपछि देशभरका एक हजार ११९ वटा दू्रतमार्गका मुख्य नाका बन्द गरिएको थियो। त्यसमध्ये दुईवटा बाहेक अहिले सबै नाका खुला भइसकेका छन्।

बन्द गरिएका सयवटा बजार पनि खुलिसकेका छन्। १२ हजार २८ मध्ये ११ हजार १९८ स्वास्थ्य जाँच गर्ने स्थान र क्वारेन्टाइन पनि हटाइएको छ।

Laxmi sunrise bank
kumari

चीनमा हालसम्म ८० हजार ८४४ जनामा कोरोना संक्रमण फेला परेको छ। त्यसमध्ये ६६ हजार ९१३ मुक्त भइसकेका छन्। तीन हजार १९९ जनाको ज्यान गएको छ।

नेपालमा कोरोना भित्रिए एकै महिनामा १५ सय संक्रमित हुने

काम गराइको नयाँ शैली ‘टेलिकम्युट’

 

 

प्रकाशित: Mar 15, 2020| 06:12 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।