बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशियाको ‘जति धेरै स्क्यान एन्ड पे त्यति धेरै पैसा’ योजना

एनआईसी एशियाको ‘जति धेरै स्क्यान एन्ड पे त्यति धेरै पैसा’ योजना

 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्युआर कोड स्क्यान गरी गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एन्ड पे त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको छ ।

यो योजना अवधिभर मर्चेन्टहरूले १५,००० रूपैयाँसम्म र ग्राहकले १,५०० रूपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् । साथै लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन्।

यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले ०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख शर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउँदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ ।

प्रकाशित: Mar 15, 2020| 05:52 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्